दफा १३
अनुमतिपत्रको अवधि
(१) दफा ११ बमोजिम; खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना वा सेवा प्रणालीको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न वा खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत व्यावसायिक तथा _ औद्योगिक उपयोग गर्नको लागि दिइने अनुमतिपत्रको अवधि बढीमा पच्चीस वर्षको हुनेछ।

(२) उपदफा (१) मा; जुनसुकै कुरा लेखिएको भए तापनि थोक, ट्याङ्कर वा बोतलबन्दरूपमा खानेपानी सेवा उपलब्ध गराउने सेवा प्रदायकको हकमा अनुमतिपत्रको अवधि दुई वर्षको हुनेछ।

(३) दफा ११ बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा तीन महिना अगावै तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा नवीकरणको लागि निवेदन दिन सक्नेछ।

(४) उपदफा (३) बमोजिम नवीकरणका लागि निवेदन दिएमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालाई एक पटकमा पाँच वर्षमा नबढाई अनुमतिपत्र नवीकरण गरिदिनु पर्नेछ।

(५) उपदफा (४) बमोजिम नवीकरण नगराउने अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र स्वत: रद्द हुनेछ।

(६) यो ऐन प्रारम्भ हुनुअघि कुनै अनुमतिपत्र प्राप्त संस्थालाई उपदफा (१) मा तोकिएको अवधिभन्दा कम अवधिको अनुमतिपत्र दिइएको रहेछ भने त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्रमा तोकिएको अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस दिन अगाडी अनुमतिपत्रको अवधि थप गर्न तोकिए बमोजिम निवेदन दिन सक्नेछ।

(७) उपदफा (६) बमोजिम कुनै (निवेदन परेमा तोकिएको अधिकारीले सो निवेदनमा आवश्यक: जाँचबुझ गरी आयोजनाको प्रगति हेरी उपदफा (१) को. अधीनमा रही पाँच- पाँच वर्षमा नबढ्ने गरी अनुमतिपत्रको अवधि थप गर्नु पर्नेछ ।